बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध « Khabarhub

बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५ देखि फेब्रुअरी– १५ सम्म आगमन भिसा (भिओए) निलम्बन गरेको जनाइएको छ । 

भुटान र नेपाल जस्ता छिमेकी देशका नागरिकहरूले बङ्गलादेशबाट आगमन भिसा सुविधा प्राप्त गर्थे । हाललाई त्यो व्यवस्था निलम्बन गर्ने निर्णय सम्बन्धित देशका सरकारहरूलाई आधिकारिक रूपमा सूचित गरी लागु गर्ने तयारी गरिएको जनाइएको छ ।

बङ्गलादेश सरकारका एक वरिष्ठ अधिकारीले जनवरी– १५ देखि फेब्रुअरी– १५ सम्म बङ्गलादेशले एक महिनाका लागि आगमन भिसा निलम्बन गर्ने उल्लेख गर्दै  यो नियम बङ्गलादेशबाट आगमनमा भिसा सुविधा प्राप्त गर्ने सबै देशहरूमा लागू हुने बताएका छन् । 

उनले आगामी राष्ट्रिय संसदीय चुनावलाई ध्यानमा राखी यस्तो निर्णय लिएको जनाएका छन् ।

निर्वाचन अभियान जनवरी– २२ देखि सुरु हुने र यो समयमा पार्टीहरूले देशभरि र्‍याली गर्ने भएकाले सरकारले सीमा क्षेत्रमा सुरक्षा बढाउन र निर्वाचन अवधिमा सम्भावित हिंसा रोक्न यो कदम चालेको जनाइएको छ । 

विगतका चुनावको समयमा यस प्रकारको कदम चालिएको बताइएको छ । निर्वाचन समाप्त नभए सम्म यी भिसा सेवाहरू पुन सुरु हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । 

राष्ट्रिय संसदीय चुनाव र केही सुधारहरूमाथि सार्वजनिक जनमतसंग्रह आगामी फेब्रुअरी – १२ मा बङ्गलादेशमा हुने कार्यक्रम तय भएको छ ।

आम चुनाव र जनमत सङग्रहको नेतृत्वमा, बङ्गलादेशले आफ्नो आन्तरिक सुरक्षा उपायहरू तीव्र बनाएको छ ।

देश भर सेना तैनाथ गरिएको छ भने सेना बाहेक अन्य सुरक्षा बललाई पनि आफ्नो कर्तव्य निर्वाह गर्न अत्यन्त सतर्क रहन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : ११ बजे

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको

मतदानका लागि बालकोटस्थित मतदान केन्द्रमा पुगे ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

पहिलो मतदान गरेपछि नायिका गरिमा लेखिन् कविता, घण्टी देखाएर राखिन् फोटो

काठमाडौं – नायिका गरिमा शर्माले जीवनमै पहिलो पटक मतदान गरेकी

पूर्वराष्ट्रपति डा. यादवले गरे मतदान 

धनुषाधाम– पूर्वराष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन् । प्रतिनिधिसभा

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान