गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’ « Khabarhub

गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो घटनाक्रमप्रति कडा टिप्पणी गरेका छन् । 

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले ‘कांग्रेस लासहरूको पार्टी होइन’ भन्ने अभिव्यक्ति दिएपछि बस्नेतले त्यसको प्रतिवाद गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले ‘लासहरूको पार्टी होइन कांग्रेस’ भन्दै उफ्रिने नेताहरूले नै ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाएको आरोप लगाएका छन् । 

कांग्रेस संस्थापन पक्षले गगन थापा र विश्वप्रकाश शर्मामाथि पाँच वर्षका लागि कारबाही गरेपछि उनले पुनः टिप्पणी गर्दै कांग्रेसको विभाजनलाई दुखद र चिन्ताजनक भनेका छन् ।

उनले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर बन्दै गएको, देश राजनीतिक अस्थिरता र अनिश्चितताबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखेका छन् । तर केही नेताहरूको अभिव्यक्तिले कांग्रेसलाई विभाजनतर्फ धकेलेको उनको तर्क छ ।

बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना र आरोप खेपेर पनि पार्टीलाई एकताबद्ध राख्न खेलेको भूमिकालाई अतुलनीय र प्रशंसनीय बताएका छन् । बलियो नेतृत्व, स्पष्ट अभिभावकत्व र पार्टीप्रतिको जिम्मेवारीको अभावका कारण कांग्रेस विभाजनको दिशामा गएको यथार्थलाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ छ ।

लोकतन्त्र धरापमा पर्दै गएको, असंवैधानिक अभ्यासहरू बढ्दै गएको र विदेशी चलखेलले देशको अस्तित्वसमेत संकटमा परेको अवस्थामा गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूको भूमिकाले समस्या समाधान गर्छ कि झन् जटिल बनाउँछ भन्ने विषय इतिहासले समीक्षा गर्ने बस्नेतको टिप्पणी छ ।

उनले कांग्रेसभित्र भएको यो अप्रत्याशित घटनालाई लोकतन्त्रप्रेमी सबैका लागि पीडादायक भएको निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : १६ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को