गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ « Khabarhub

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ ।  

बुधबार भृकुटिमण्डपमा विशेष महाधिवेशनको बन्द सत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो ।

कारबाहीको निर्णय भएपछि बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्कासन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए । 

उनले केहिदिनअघि विशेष महाधिवेशन सुरु हुँदै सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए । 

उनले कांग्रेस पार्टी आफूहरूको भएकाले कसैले यसमा दाबी गर्न नसक्ने स्पष्ट पारे । पार्टीको विधान अनुसार नै आफुहरु चलिरहेको भन्दै कारबाहीको निर्णयका कारण विचलित नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

त्यस्तै कांग्रेस महामन्त्री  विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरे पनि पार्टीलाई अघि बढाउने काम अव विशेष महाधिवेशनको हलले गर्ने बताए  । उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे । उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे । 

त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए । उनले अव पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे । 

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : १२ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश