विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’ « Khabarhub

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फरमुल्लाह मनसुरलाई साधारण सदस्यबाटै निकालेको छ ।

उनीहरूलाई ५ वर्षका लागि निष्कासनसहित कारबाही गरेपछि विशेष महाधिवेशन पक्षधर आक्रोशित भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि जारी विशेष महाधिवेशनस्थल बुधबार नाराबाजीले गुञ्जिएको छ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनका प्रतिनिधिहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न भन्दै नाराबाजी गरेका छन्।

उनीहरूले संस्थापन पक्षलाई कडा चुनौती दिँदै ‘गगन-विश्व आउँदैछन् सानेपा खाली गर,’ भन्दै चर्को नाराबाजी गरे ।

सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुधबार नै पठाइसकेका छन् ।

विशेष महाधिवेशन पक्षधरले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै भंग गरिसकेकाले कारबाहीको औचित्य नरहेको जनाएको छ। विशेष महाधिवेशनबारे मंगलबार नै निर्वाचन आयोगमा जानकारी गराइएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ६ : २६ बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर