काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा फिर्ता लिएकी छन् ।
रवविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय उनले बुधबार गरेकी हुन् ।
उनी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको हो ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँग काठमाडौं, रुपन्देही, पर्सा, कास्कीलगायतका सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने छन् ।
लामिछानेले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिइदिन महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।
संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता भएसँग लामिछानेको सहकारी ठगी मुद्दामात्रै बाँकी रहने छ ।
संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिइएको खण्डमा लामिछानेले आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन जितेर संसद् छिर्ने बाटो खुल्ने छ ।
संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा भने उनले चुनाव जिते पनि संसद् छिर्न पाउने छैनन् ।
संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा चुनाव जिते पनि उनको पद स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था रहेको छ ।




















प्रतिक्रिया