सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ « Khabarhub

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । मङ्गलबार राति धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाईल चोकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्ने क्रममा ट्याङ्कीको कभरभित्र लुकाइएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थ प्लास्टिकसहित ४० दशमलव ५५ ग्राम र प्लास्टिक बाहेक ३८ ग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ बस्ने २५ वर्षीय अभिषेक साह र सिन्धुलीको दूधौली नगरपालिका–९ का ३२ वर्षीय एलेक्स आले रहेका छन् । पक्राउ परेका दुवैजना माथि इलाका प्रहरी कार्यालय लहानले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ८ : १९ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला