काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मनोनयन पत्र दर्तासम्मको प्रक्रिया पूरा भइसकेकाले बाँकी निर्वाचन प्रक्रिया अघि बढाउन संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
बुधबार साँझसम्म सर्वसम्मत नेतृत्व चयनका लागि गगन थापा र विश्वप्रकाश शर्मा लगायत छलफलमा जुटेपनि आकांक्षी धेरै हुँदा सहमति हुन सकेन । अब निर्वाचनबाट नयाँ नेतृत्वको टुंगो लाग्ने छ ।
सार्वजनिक कार्यतालिका अनुसार बुधबार अबे राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारीमाथि दाबी–विरोध, दाबी–विरोधको छानबिन तथा पुनः नामावली प्रकाशनको कार्यक्रम तय गरिएको छ।
बुधबार राति ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता फिर्ता प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारहरूको अन्तिम नामावली राति ११ बजेर ३५ मिनेटमा प्रकाशित गरिनेछ। बिहीबार बिहान २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ।















प्रतिक्रिया