आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन २ गते शनिबार फागुन कृष्ण पक्षको द्वादशी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १४ तारिख । शनि प्रदाेष व्रत, प्रणय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । शिक्षामा गरेको लगानी फाइदा हुनेछ । साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ । आफन्तलाई बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : बोलीको प्रभावले राम्रा काम बन्नेछन् । धार्मिक व्यक्तित्वसँग टकराव नगर्नु ठिक हुनेछ । स्वास्थ्यको ख्याल नगर्दा समस्या आउन सक्ने जोखिम छ । विदेशको रमझमले तपाईंको मनलाई आकर्षिक गर्नेछ । प्रेम सम्बन्ध दीर्घकालीन बन्नेछ ।

मिथुन : आफ्नै बोलीको कारण अप्ठ्यारोमा पर्ने देखिन्छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले दिन रमाइलो हुनेछ । मनमा उत्साह बढ्नेछ ।

कर्कट : शत्रु बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ । परिवारको सल्लाह लिएर अघि बढेमा व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा विकल्प देखेर मन शान्त बन्नेछ । स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ ।

सिंह : आज पठनपाठनमा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।परिवारमा रमाइलो घुमघामको योजना बन्नेछ । दुई पाङ्ग्रे सवारीमा उत्तरको लामो यात्रा नगर्नुहोला उचित हुन्छ ।

कन्या : आज जोगिएर काम गर्नुपर्ने दिन छ । मनमा कुरा खेल्नाले खटपटी हुनेछ । खर्च बढ्ने जोखिम छ । अनुत्पादक क्षेत्रको लगानीबाट बच्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा भने सुधार हुनेछ । 

तुला : थोरै लगानी भए पनि शिक्षाबाट फाइदा हुनेछ । विपक्षी साथीले पनि तपाईको प्रशंसा गर्नेछन् । बौद्धिक व्यक्तित्वसँगको अन्तरक्रियले मन हलुका हुनेछ । परिवारमा केही खटपटी आउनेछ । दाम्पत्य जीवन भने सुखमय बन्ला ।

वृश्चिक : शुभ समाचार सुन्नाले मन प्रसन्न हुने छ । विशेष ठाउँमा घुमफिरको योजना तय हुनेछ ।  व्यापारिक क्षेत्रमा गरेको थोरै लगानीबाट पनि फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय बित्नेछ । परीक्षा लेखेको भए नतिजा राम्रो आउनेछ ।

धनु : स्वास्थ्यले साथ दिने छ । गोपनीयता कायम गर्नुपर्नेछ । दाम्पत्य जीवनमा झगडा हुने दिन छ । शिक्षामा गरेको लगानीबाट तपाईंलाई फाइदा हुने छ । मिहिनेतको फल मिल्नेछ ।

मकर : संचित धन खर्च हुनेछ । सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ । शिक्षामा गरेको लगानी सामान्य रहेको छ । पढाइमा आलश्य बढ्नेछ । पारिवारिक सुत्रले भने तपाईंको राम्रो रेखदेख गर्नेछन् ।

कुम्भ : सानातिना कुराले मनमा झन्झट पैदा हुनेछन् । शत्रु बढ्ने देखिन्छ। राज्यको तर्फबाट भयत्रास बढ्नेछ । धार्मिक व्यक्तित्वसँगको भेटले मनमा नयाँ जागर बढ्नेछ । परिवारको साथ मिल्नेछ ।  

मीन : आज खर्च बढ्नेछ । बोल्नुअघि सोच्नु राम्रो हुनेछ । धार्मिक कार्यमा मन जानेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट केही उत्साह थपिनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्धमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ६ : ०२ बजे

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले