सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख « Khabarhub

सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपले आफ्नो सुरक्षाको लागि थप जिम्मेवारी लिनुपर्ने युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले शनिबार म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा बताएकी छन् ।

युरोपको सुरक्षालाई सधैँ प्राथमिक जिम्मेवारीका रूपमा नहेरिएको बताउँदै उनले आगामी दिनमा गहनताका साथ हेर्नु पर्ने बताएकी हुन् ।

समायानुकुल प्रभावकारी प्रहार क्षमताहरूमा रणनीतिक सक्षमता सहितको युरोपेली मेरुदण्ड विकास गरी अगाडि बढ्नु पर्ने उनले बताइन्। 

आक्रमणको घटनामा एकअर्काको रक्षा गर्न युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले सामूहिक प्रतिबद्धताको आवश्यकतालाई उल्लेख गर्दै उनले निषेधलाई चुनौती दिँदै अगाडि बढ्नु पर्ने बताइन्।

यसैबीच उनले युरोपको आपसी रक्षाको प्रवाहलाई व्यवहारमा ल्याउने समय आएको बताइन्।

अमेरिकाले नेटोमा आफ्नो लगानी घटाउने र रूससँग सम्भावित द्वन्द्वका लागि तयारी गर्ने धम्की दिए पछि सन् २०३० सम्ममा विश्वसनीय रक्षा प्रणली विकास गर्न युरोपले ऐतिहासिक पुनः शस्त्रीकरण प्रयास सुरु गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ६ : ०१ बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र