एकै परिवारका ४ जनाले गरे रक्तदान « Khabarhub

एकै परिवारका ४ जनाले गरे रक्तदान


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ११ औँ राष्ट्रिय रक्तदाता दिवसको अवसरमा रक्तदाता संघ नेपाल, ब्लोदानको आह्वान तथा कोटेश्वर सेती ओपी युवा क्लबको आयोजनामा कोटेश्वरस्थित ग्रामर स्कुलमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा एकै परिवारका ४ जनाले रक्तदान गरेका छन् । ब्लोदान पूर्वी भेगीय क्षेत्र कोटेश्वरका अध्यक्ष रवि रिमालले ७५ औँ पटक रक्तदान गरेका छन् । उक्त अवसरमा उनका श्रीमती र दुई छोराहरुले पनि रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा करिब १०० जना भन्दा बढी स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेको सेती ओपी क्लबका अध्यक्ष श्रीकृष्ण तण्डुकारले जानकारी दिए । सो कार्यक्रमको आवश्यक सहयोग भने ग्रामर स्कुलले गरेको थियो ।

कार्यक्रममा ३२ नं वडाका वडा सदस्य हिरादेवी पोखरेलका साथै फागुन २१ गते आयोजना हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ७ : ५४ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय