आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै सहारा सेमिफाइनलमा « Khabarhub

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै सहारा सेमिफाइनलमा


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक सहारा क्लब प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो क्वाटरफाइनलको रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’सम्म पुगेको खेलमा ६–५ गोलले हराउँदै सहाराले अन्तिम चारमा स्थान बनाएको हो ।

पुलिस क्लबले खेलको ४९औँ मिनेटमा कप्तान राम बाजीको गोलमार्फत अग्रता लिएको थियो । खेलको ६१औँ मिनेटमा सहाराले पेनाल्टी पायो । मुकुन्दकुमार निउरेले कुनै गल्ती नगरिकन गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा पुलिसका राम बाजीको प्रहार असफल रहँदा सहाराका गोलरक्षक टिकेन्द्र थापा पनि गोल गर्नबाट चुके । तर सडेनडेथमा पुगेको खेलमा पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै टिकेन्द्रले टोलीलाई सेमिफाइनल पु¥याउन निर्णायक भूमिका खेले ।

पेनाल्टीमा सहाराका डिनियल बडारु, प्रशन्न श्रेष्ठ, विनय तामाङ, विक्की चामलिङ राई र शिसश थापाले गोल गरेका छन् । पुलिसका निरज खड्का, दशरथ गिरी, जोन विष्ट, विजय उराव, अमित टमाटा र सञ्जीव लामाले गोल गरेका हुन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सहाराका गोलरक्षक थापा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु १० हजारसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलको आइतबार हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन् ।

यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : ३५ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन