काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै « Khabarhub

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ । कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीकारीले जानकारी दिइन् ।

अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका क्यान्टिन र अस्पतालका क्यान्टिनहरूमा अनुगमन नियमितजस्तै गरिरहेको छ ।

अहिलेसम्ममा पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलको (जानकी किचेन) क्यान्टिन तथा विद्यार्थीहरूको दिवा खाजा तयार गर्ने भान्छा, श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल, शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्जको (नमो फुड कोड) क्यान्टिन, रत्नराज्य स्कुल बानेश्वरको क्यान्टिन, केएमसी हस्पिटल सिनामङ्गल (ग्रीन बड्स बेकरी क्याफे) क्यान्टिन, भरोसा अस्पताल वानेश्वरको (सुदूरपश्चिम भोजनालय एण्ड खाजा घर) लगायतका क्यान्टिनको अनुगमन गरीसकेको कामपाको भनाइ छ ।

कामपाले बालबालिकाको स्वास्थ्य, पोषण र दिवा खाजा कार्यक्रमको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका २३ मिल नर्ससहित ४५ जनालाई खाद्य स्वच्छता तथा पोषणसम्बन्धी तालिम दिइसकेको छ । कामपाको खाद्य प्राविधिक अधिकारीका अनुसार खाद्य स्वच्छता अभ्यास, खाद्यजन्य रोगको जोखिम, सुरक्षित खाना ह्यान्डलिङ, पोषणयुक्त दिवा खाजाको व्यवस्थापन तथा रोग रोकथाममा स्कुल नर्सको भूमिका तालिमका विषय थिए ।

नेपाल सरकारले आव २०७७/०७८ बाट प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म तथा आव २०७९/८० देखि कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम गरेको छ । कामपाले कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराउँछ ।

अनुगमनका क्रममा कमजोरी सुधारका लागि सुझाव दिने र अखाद्य वस्तुको अनियन्त्रित प्रयोग भएको भेटिएमा सम्बन्धित व्यक्तिको रोहवरमा नष्ट गरीएको छ । विद्यालय क्यान्टिनमा सरसफाइमा लापर्वाही रहेको पाइएको छ । कपडा र खाद्यवस्तुसँगै राख्ने गरिएको पाइन्छ । खाद्यवस्तु नछोपी राख्ने, फोहर फाल्ने भाँडो (डस्टबिन) को समुचित प्रयोग नगर्ने, किचेनको संरचनागत सुधार नगरिएकोजस्ता कैफियत भेटिएको कामपाको भनाइ छ ।

क्यान्टिनमा प्रयोग गरिएको फ्राइड तेलको टिपिएम भ्यालु मापदण्डविपरीत समेत पाइएको बताइएको छ । खाद्यवस्तु ढाकेर नराख्ने, किचेनको भुइँ व्यवस्थापन र सरसफाइमा ध्यान नदिने, एकै ठाउँमा खाना तयार गर्ने र भाडा माझ्ने, आगो सुरक्षाका उपकरणमा ध्यान नदिने साझा समस्या हुन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  १० : ०० बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई