कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू « Khabarhub

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि कतारमा रहेका नेपाली नागरिकलाई साउदी अरब हुँदै स्वदेश फर्किँदा पर्यटक भिसा लिन आग्रह गरेको छ ।

भिसा प्राप्त गर्न दोहामा रहेको तशीर साउदी भिसा सेवा केन्द्र मार्फत अग्रिम अपोइन्टमेन्ट बुक गरेर आवेदन दिनुपर्ने दूतावासले जनाएको छ। उक्त सेवा केन्द्र एजदान मल अल घराफामा रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका र साउदी अरेबियाका विमानस्थल प्रयोग गरी नेपाल फर्किन चाहने नेपालीहरूले अनिवार्य रूपमा साउदी अरबको पर्यटक भिसा लिनुपर्नेछ ।

थप जानकारीका लागि आवेदकहरूले सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्नेछन्।

दूतावासले साउदी अरेबियाका विमानस्थल प्रयोग गरेर यात्रा गर्ने नेपाली नागरिकलाई आवश्यक कागजात र भिसा प्रक्रिया समयमै पूरा गरी मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  २ : ५९ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ