आईपीएलमा राजस्थानको पहिलो हार, हैदराबाद ५७ रनले विजयी « Khabarhub

आईपीएलमा राजस्थानको पहिलो हार, हैदराबाद ५७ रनले विजयी

इतिहासकै खराब सुरुवात पाँच रन बनाउँदा पाँचै विकेट गुम्यो


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९ औं सिजनमा राजस्थान रोयल्सले पहिलो हार व्यहोरेको छ । सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादले राजस्थानलाई ५७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१६ रनको विशाल योगफल तयार पारेको थियो । हैदराबादका लागि इशान्त शर्माले विष्फोटक ९१ रनको योगदान दिए भने हेनरिक क्लासेनले ४० रन बनाए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

२१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १५९ रनमै अलआउट भयो । राजस्थानका लागि डोनोभान फरेराले ६९ रन र रविन्द्र जडेजाले ४५ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनीहरूले बीचको ओभरमा शतकीय साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरेका थिए ।

राजस्थानलाई सस्तैमा समेट्न हैदराबादका डेब्यू खेलाडीद्वय प्रफुल सिंह र साकिब हुसेनले उत्कृष्ट बलिङ गर्दै समान ४–४ विकेट लिए । त्यस्तै इशान मालिंगाले २ विकेट झारे । ब्याटिङतर्फ कप्तान ईशान किशनले अर्धशतकीय पारी खेलेका थिए ।

यो हारसँगै राजस्थानको जारी सिजनको अपराजित यात्रा टुङ्गिएको छ ।

राजस्थानले हैदरावादविरुद्ध इतिहासकै खराब जवाफी ब्याटिङ गरेको थियो । ओपनर यशयस्वी जैसवाल पाँच बल खेल्दा एक रनमा आउट भने भए आर्का ओपनर वैभव सूर्यवंशी शून्यमे आउट भए । त्यसपछि आएका धुव्र जिरेल र लुआन(ड्रे प्रिटोरियससमेत शून्यमै आउट हुँदा राजस्थाले पाँच रन बनाउँदा पाँचै विकेट गुमाएको थियो ।

यो हारबीच राजस्थान आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । राजस्थानको पाँचौ खेलको पहिलो हार हो । समान खेल खेलेको हैदरवाद यो जितसँगै चार अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ६ : १३ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट