नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसर : उपराष्ट्रपति यादव « Khabarhub

नयाँ वर्ष नौलो कामको थालनीका लागि नवसङ्कल्प गर्ने अवसर : उपराष्ट्रपति यादव


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उनले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता ल्याउने उल्लेख गरे । उनले नयाँ वर्षले सामाजिक र सांस्कृतिकस्तरमा अपनत्व, सहिष्णुता र भाइचारालाई मजबुत बनाउने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले यस अवसरमा आर्थिक उन्नयन, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा जलवायु परिवर्तनजस्ता विषयमा एकजुट भई अघि बढ्ने दृढ सङ्कल्प लिन जरुरी रहेको उल्लेख गरे । उनले संविधानले निर्दिष्ट गरेका समानुपातिक प्रतिनिधित्व, सुशासन र समाजवादप्रति प्रतिबद्धता सुदृढ गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सबल बनाउन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।

उनले नववर्षको शुभारम्भसँगै तराई–मधेसका केही क्षेत्र विशेषमा मनाइने ‘सतुवाइन’, ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ पर्व तथा काठमाडौँ उपत्यकामा आयोजना हुने ‘विस्काजात्रा’ (विश्वध्वजपातन) को पनि सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । यी पर्वले आपसी मेलमिलाप, सद्भाव र भाइचारा अभिव्यक्त गर्न सघाउने र यसले सांस्कृतिक विविधता र ऐतिहासिक परम्पराको गौरवलाई पनि उजागर गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ६ : ४५ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई