दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा « Khabarhub

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उनले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सभापति थापाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण गर्दै, भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीको सामना एकताबद्ध रूपमा गर्ने दृढ सङ्कल्प र अठोटका साथ अघि बढ्नुपर्ने बताए । उनले नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्वपूर्ण घडी आएको उल्लेख गरे ।

नयाँ वर्षले सबै नेपालीबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाओस् भनी कामना गर्दै उनले आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ०४ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली