हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख « Khabarhub

हर्कराज राईले खुलाए आफ्नो सम्पत्ति: आमाको नाममा भिरालो पाखो, बैंकमा २-४ लाख


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो सम्पत्ति विवरणका विषयमा चासो व्यक्त भएपछि त्यसबारे स्पष्ट पारेका छन्। उनले आफ्नो नाममा खासै सम्पत्ति नरहेको र छिट्टै औपचारिक रूपमा विवरण सार्वजनिक गर्ने बताएका छन्।

अध्यक्ष राईले आफ्नो पैतृक सम्पत्ति खोटाङको केपिलासगढी गाउँपालिका–२, चोखाने गाउँमा रहेको जानकारी दिएका छन्। तर उक्त सम्पत्ति अझै पनि आमाको नाममा रहेको र दाजु–दिदीले अंश नलिएको उनले स्पष्ट पारेका छन्।

“मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ। त्यहाँ पाखा, खरबारी, बाँस र उत्तिस घारीसहितको केही खेतबारी छ,” उनले भने, “गाउँको जग्गा भिरालो पाखामा छ, त्यसमा पनि दाजु दिदीहरूले अंश लिनुभएको छैन। मेरो नाममा केही छैन।”

वैदेशिक रोजगारीमा रहँदा केही सुन र नगद जोडेको उल्लेख गर्दै उनले थपे, “वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला र बैंक ब्यालेन्स २–४ लाख रुपैयाँ होला। म यो सबै सार्वजनिक गर्नेछु।”

अध्यक्ष राईले आफ्नो व्यक्तिगत नाममा कुनै ठूलो सम्पत्ति नरहेको दाबी गर्दै पारदर्शी रूपमा जनतासामु विवरण ल्याउने प्रतिबद्धता जनाएका हुन्।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : ३३ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका