पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ ।

आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरू प्रदर्शन गरेको थियो ।

साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका प्रचारात्मक वृत्तचित्र तथा भिडियोहरू पनि प्रदर्शन गरिएको दूतावासले जनाएको छ ।

यस कार्यक्रमले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ११ : ३९ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई