बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू « Khabarhub

बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बारा- बारास्थित प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

शिलान्यास भारतका महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा गरेका हुन्।

भारत सरकारको करिब ३३.२ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत सञ्चालन गरिनेछ। परियोजना प्रसौनी गाउँपालिकामार्फत् कार्यान्वयन हुने जनाइएको छ।

निर्माणाधीन भवनमा आधुनिक कक्षाकोठासहित पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा लगायतका सुविधा समेटिनेछन्। दुईदेखि तीन तल्लासम्मका शैक्षिक संरचना निर्माण गरिने योजना छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थीलाई सुरक्षित र अनुकूल शैक्षिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे।

छिमेकी राष्ट्रका रूपमा नेपाल–भारतबीच बहुआयामिक सहयोग रहँदै आएको उल्लेख गर्दै यस्ता परियोजनाले नेपालको विकास प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १२ : २२ बजे

भोटेकोशी बाढीपहिरो : हालसम्म १ हजार ३ सय ५५ जनाको शव भेटियो, ४ हजार ९ सय १६ सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३

भोटेकोसी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभरका

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा १३औँ दिनमा दीप प्रज्वलन (तस्बिरहरू) 

पोखरा– भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पोखरा महानगरपालिका–१६ स्थित

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई