नयाँ वर्ष २०८३ का लागि प्रदीप पौडेलका चार संकल्प  « Khabarhub

नयाँ वर्ष २०८३ का लागि प्रदीप पौडेलका चार संकल्प 


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा चार प्रमुख संकल्प सार्वजनिक गरेका छन् । देशको बदलिँदो राजनीतिक तथा आर्थिक परिस्थितिलाई ध्यानमा राख्दै उनले आफ्नो जीवन नै राष्ट्र र पार्टी सुधारका मुद्दामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पौडेलले पार्टीभित्र देखिएका मतभेदलाई संवादमार्फत समाधान गर्दै काङ्ग्रेसलाई विधि र पद्धतिमा चल्ने, एकताबद्ध तथा प्रविधिमैत्री आधुनिक पार्टी बनाउने लक्ष्य राखेको बताएका छन् । साथै, नयाँ पुस्ताका विचार र सपनालाई पार्टीको मूल प्रवाहमा जोड्नेमा आफू निरन्तर सक्रिय रहने उनले उल्लेख गरेका छन्।

उनले ज्ञानमा आधारित अर्थतन्त्रको विकास र युवा उद्यमशीलतालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने योजना अघि सारेका छन् । स्वदेशमै युवालाई सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्न ठोस नीतिगत पहल र कार्यान्वयनमा जोड दिने उनको भनाइ छ ।

त्यस्तै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति व्यवहारमा उतार्ने, महँगी नियन्त्रण, गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा संरचनात्मक सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन कायम राख्दै देशको दीर्घकालीन हित, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सबै दलबीच न्यूनतम साझा सहमति निर्माणमा आफूले समन्वयकारी भूमिका खेल्ने उनले बताएका छन् ।

सन्देशको अन्त्यमा पौडेलले नयाँ वर्ष २०८३ ले सम्पूर्ण नेपालीमा राष्ट्र निर्माणका लागि नयाँ ऊर्जा, सहमति र सहकार्यको भावना जागृत गराओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १२ : १६ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार