कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता अद्यावधिक अनिवार्य « Khabarhub

कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता अद्यावधिक अनिवार्य


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न देशव्यापी अभियान सुरु गरेको छ।

पार्टीका सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नै सदस्यता अद्यावधिक गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका हुन्।

कांग्रेसले ‘जरा अभियान’ नाम दिएको उक्त कार्यक्रममार्फत पार्टीको संगठनलाई पुनर्संगठित, व्यवस्थित र सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। सभापति थापाका अनुसार अभियान वैशाख मसान्तसम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। साथै, सदस्यता अद्यावधिकका लागि सम्बन्धित सदस्य आफै आफ्नो वडामा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

पार्टी नेतृत्वका अनुसार विगतमा अरुले सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरूमा सक्रियता र जिम्मेवारीको कमी देखिएको थियो। त्यसलाई अन्त्य गर्न व्यक्तिगत उपस्थितिलाई अनिवार्य बनाइएको हो।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ३५ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका