कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता अद्यावधिक अनिवार्य « Khabarhub

कांग्रेसको ‘जरा अभियान’ सुरु, सदस्यता अद्यावधिक अनिवार्य


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न देशव्यापी अभियान सुरु गरेको छ।

पार्टीका सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नै सदस्यता अद्यावधिक गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका हुन्।

कांग्रेसले ‘जरा अभियान’ नाम दिएको उक्त कार्यक्रममार्फत पार्टीको संगठनलाई पुनर्संगठित, व्यवस्थित र सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। सभापति थापाका अनुसार अभियान वैशाख मसान्तसम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। साथै, सदस्यता अद्यावधिकका लागि सम्बन्धित सदस्य आफै आफ्नो वडामा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

पार्टी नेतृत्वका अनुसार विगतमा अरुले सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरूमा सक्रियता र जिम्मेवारीको कमी देखिएको थियो। त्यसलाई अन्त्य गर्न व्यक्तिगत उपस्थितिलाई अनिवार्य बनाइएको हो।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १ : ३५ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार