एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीमा, मधेश सबैभन्दा बढी प्रभावित « Khabarhub

एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीमा, मधेश सबैभन्दा बढी प्रभावित


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीको सिकार बनेका छन्। आर्थिक वर्ष २०८१/८२ मा यति ठूलो संख्यामा नागरिक ठगीमा परेको तथ्यांक सार्वजनिक भएको हो।

नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोका अनुसार प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा धेरै ९३६ जना ठगीमा परेका छन्। त्यस्तै कोशी प्रदेशमा ६४४, लुम्बिनीमा ४४४, गण्डकीमा २१२, कर्णालीमा २०८, बागमतीमा २५४ र सुदूरपश्चिममा ६१ जना प्रभावित भएका छन्।

उमेर तथा लैङ्गिक आधारमा हेर्दा ३१५ बालक, ४२१ बालिका, ७ हजार ९२१ महिला, ९ हजार ७८७ पुरुष र ४४६ जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक ठगीमा परेका छन्।

साइबर ठगीका लागि सामाजिक सञ्जाल र डिजिटल भुक्तानी प्लेटफर्महरू मुख्य माध्यम बनेका छन्। विशेषगरी फेसबुक मार्फत सबैभन्दा धेरै ठगी भएको देखिएको छ। यसबाहेक टीकटोक, ह्वाट्सएप, इन्सटाग्राम, इ-सेवा, खल्ति, बैंक खाता, X तथा विभिन्न वेबसाइटहरू ठगीका माध्यम बनेका छन्।

साइबर ब्युरोले अनलाइन कारोबार गर्दा सतर्क रहन, अपरिचित लिंक नखोल्न, व्यक्तिगत तथा बैंकिङ विवरण नबाँड्न र शंकास्पद गतिविधि देखिए तुरुन्त उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  २ : ०२ बजे

दुर्गा प्रसाईँलाई सर्वमान्य नेताको जिम्मेवारी दिन्छौँ : धवल शमशेर

काठमाडौं– जय नेपाल पार्टी गठनको तयारी गरेका नेता डा. धवलशमशेर

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो