कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना « Khabarhub

कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा आज इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना भएसँगै यहाँका चार पालिकाका नागरिकले राज्यबाट प्रवाह हुने सेवा लिनका लागि पाँच घण्टा लगाएर मार्तडीमा धाउनुपर्ने बाध्यता हटेको छ । 

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार गृह मन्त्रालयको परिपत्रअनुसार कोल्टीमा इलाका प्रशासन कार्यालयको निर्णयबमोजिम कार्यालय स्थापना गरी सञ्चालन गर्न निर्देशनपछि आज औपचारिक रूपमा उद्घाटन गरिएको हो । 

इलाका प्रशासन कार्यालयको भवन निर्माणको लागि जग्गा खरिदको प्रक्रिया अघि बढेर आवश्यक बजेटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए  ।  

नागरिकता, राहदानी, मालपोत र नापीको कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सरकार नौ जिल्लामा इलाका प्रशासन कार्यालय बनाउने निर्णय गरेको थियो । 

पूर्वी उत्तरी भेगका हिमाली, स्वामीकार्तिक खापर, जनन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका नागरिकले राज्यबाट पाउने सेवा सुविधा लिन १० हजार खर्च गरेर सेवा लिनुपर्ने अवस्था रहेको थियो ।

यहाँका स्थानीय तह, राजनीतिक दल र प्रशासनसहितको नागरिकको मागअनुसार सरकारले चार पालिकाका नागरिकले मार्तडी धाउनुपर्ने बाध्यता टरेको छ । 

वैशाख १ गते बिदाको दिन कार्यालय उद्घाटन गरिएको भए पनि बुधबारदेखि भने नियमित रूपमा सेवा सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

मालपोत र नापी कार्यालयले पनि जग्गा नक्सा पास र मालपोतले जग्ना नामसारीलगायत कार्यको सेवा दिनेगरी स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ४ : ५५ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका