सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा, मनसुनअघि पुल सञ्चालन गरिने « Khabarhub

सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा, मनसुनअघि पुल सञ्चालन गरिने


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्लाको लहान नगरपालिका-२४ स्थित गोविन्दपुर र झुट्की गाउँलाई जोड्ने सर्रे खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असोजसम्मको समयसीमा रहे पनि निर्माण कम्पनीले मनसुन अगावै पुल सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिएको हो ।

कुल १७० मिटर लम्बाइको यो पुलमा तीनवटा स्पान रहेका छन्, जसमध्ये दुई वटाको काम पूरा भइसकेका छन् भने बाँकी एउटा स्पानको काम अन्तिम चरणमा पुगेको छ । ३१ करोड २९ लाख ५३ हजार २५० (भ्याटसहित) को लागतमा ‘हिराचन्द कन्स्ट्रक्सन’ले यसको निर्माण गरिरहेको छ ।

पुल निर्माण कम्पनीका ‘प्रोजेक्ट इन्जिनियर’ प्रज्वल बस्नेतका अनुसार विसं २०८० जेठ ३१ गते सम्झौता भएको यस आयोजनालाई तोकिएको समयभन्दा अगाडि हस्तान्तरण गर्ने लक्ष्य छ । उनले भने, ‘हामीले आगामी मनसुन सुरु हुनुअघि नै पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

पुल नहुँदा खोलापारिका खेस्राहा, डाडाँटोल र मानिकदह क्षेत्रका स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । स्थानीय वीरेन्द्र यादवले विगत सम्झँदै भने, ‘खोलामा बाढी आउँदा घण्टौँ किनारमा बस्नुपर्दथ्यो । बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैनथ्यो, अब ती दिन सकिने भए ।’ लहान बजारबाट करिब आठ किलोमिटर उत्तरमा रहेको यो पुलले लहानका साथै धनगढीमाई नगरपालिका–१२ को सिमलटोकीका बासिन्दालाई ठूलो राहत दिनेछ ।

यो पुल निर्माण हुनुमा स्वर्गीय नेता प्रदीप गिरीको ठूलो योगदान रहेको स्थानीय बताउँछन् । विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट उम्मेदवार हुँदा उनले गरेको प्रतिबद्धता र निर्वाचित भएपछिको निरन्तर पहलकै कारण अहिले पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

स्थानीय शिवदत राईले भने,’विगतमा यो पुल सधैँ चुनावी नारा मात्र बन्थ्यो । अब यो सपना साकार भएको छ । लहानकै सबैभन्दा बढी तरकारी उत्पादन हुने यस क्षेत्रका किसानलाई अब वर्षायाममा पनि बजारसम्म उत्पादन पुर्‍याउन सहज हुनेछ ।’

लहान-२४ का वडाध्यक्ष राशलाल राय राजपुतले पुल निर्माणले यस क्षेत्रको विकासका लागि ढोका खोलेको बताए।

उनले भने, ‘झुटकी गाउँ चारैतिरबाट सर्रे खोलाले घेरिएको कारण वर्षामा टापु जस्तै बन्थ्यो । बिरामीलाई अस्पताल पुर्‍याउन र किसानलाई बजार पुग्न निकै कठिन थियो । अब यो पुलले पर्यटकीय स्थल मानिकदहसम्म बाह्रै महिना सहज पहुँच पुर्‍याउनेछ, जसले स्थानीयको जीवनस्तर बदल्ने निश्चित छ ।’

 पुल निर्माणसँगै सिरहाको प्रसिद्ध धार्मिक स्थल सलहेश फूलबारी, मानिकदह, पकडियागढ र मैसोथासम्मको ‘कनेक्टिभिटी’ बलियो हुनेछ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : ३८ बजे

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका