सगरमाथा आरोहण मार्ग खुला « Khabarhub

सगरमाथा आरोहण मार्ग खुला


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण सञ्चालक सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो ।

हिजो बुधबार १०ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको) गरिएको पर्यटन विभागले जनाएको छ । यसमा संलग्न पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ ।

डोरी टाँग्न आधारशिविरदेखि क्याम्प–२’ सम्म आठ जना आइसफल डाक्टर तथा क्याम्प–२देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न रहेका विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : १६ बजे

मेची राजमार्ग : राजदुवालीको पहिरो जोखिम यो वर्ष पनि उस्तै

मेची राजमार्गको झापा–इलाम खण्डको राजदुवाली पहिरो यो राजमार्गकै सबैभन्दा जोखिमपूर्ण

प्रधानमन्त्री बन्ने दौडमा बर्नह्याम, आज सार्वजनिक गर्दै आर्थिक एजेन्डा

लन्डन- बेलायतका प्रधानमन्त्रीका प्रमुख प्रतिक्षारत उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो बहुप्रतीक्षित

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान