निर्माण व्यवसायी आन्दोलनमा, देशभर धर्ना « Khabarhub

निर्माण व्यवसायी आन्दोलनमा, देशभर धर्ना


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले देशभर निर्माण सामाग्रीको मूल्य समायोजन गर्न माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेको छ ।

धर्ना अघि महासंघका एसोसिएट संयोजक नवराज श्रेष्ठको नेतृत्वको टोलीले सडक विभागका महानिर्देशक विजय जैशीलाई ज्ञापनपत्र बुझाएको थियो । टोलीमा महासंघका महासचिव शिवहरि घिमिरे पनि सहभागी थिए ।

महासंघका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धनसहित निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । त्यसले निर्माण उद्योग संकटमा परेको र धेरै आयोजना प्रभावित बनेको महासंघको दाबी छ ।

महासंघले सडक विभागसँगै जलस्रोत तथा सिँचाइ विभाग लगायत देशैभरका सारेकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको पहिलो दिन आधा घण्टा मात्रै धर्ना दिएको श्रेष्ठले बताए ।

माग सम्बोधन नभएसम्म धर्ना कार्यक्रम जारी रहने महासंघको भनाइ छ । यस्तै, महासंघले व्यवसायी प्रकाउ गरेको भन्दै सरकारको विरोध गरेको छ ।

 निर्माण व्यवसायी महासंघको तथ्यांकअनुसार डिजेल तथा बिटुमिनको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई हालसम्म करिब १० अर्ब रुपैयाँ घाटा भएको छ । मूल्यवृद्धिको असरले देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना धराशायी बनेका छन ।

आर्थिक वर्ष २०८१-०८२ मा देशभर १४ लाख ६६ हजार २ सय ८५ किलोलिटर डिजेल खपत भएकोमध्ये निर्माण व्यवसायीले करिब २० देखि २५ प्रतिशत प्रयोग गरेका छन ।

निर्माण कार्य बढी हुने फागुनदेखि असारसम्म मात्रै करिब १ लाख ४६ हजार ६ सय २८ किलोलिटर डिजेल खपत हुने उल्लेख छ । डिजेलमा प्रतिलिटर ८६ रुपैयाँ मूल्यवृद्धि हुँदा व्यवसायीलाई करिब १४ अर्ब ६६ करोड रुपैयाँ अतिरिक्त भार परेको छ ।

हालसम्म करिब ६ अर्ब रुपैयाँ घाटा भइसकेको महासंघको दाबी छ । यस्तै, बिटुमिनमा प्रतिकेजी ७५ रुपैयाँ मूल्यवृद्धि हुँदा करिब ७ अर्ब १३ करोड रुपैयाँ अतिरिक्त लागत थपिएको छ ।

जसबाट हालसम्म करिब ४ अर्ब रुपैयाँ घाटा पुगेको निर्माण व्यवसायी महासंघले जनाएको छ । फागुनदेखि असारसम्म मात्रै करिब ९ करोड ५१ लाख ४ हजार १ सय ६० केजी बिटुमिन खपत हुने गरेको तथ्यांकमा उल्लेख छ ।

निर्माण सामग्री र इन्धनको लगातार बढ्दो मूल्यका कारण लागत अस्वाभाविक रूपमा बढेको तथा मूल्य समायोजनको व्यवस्था प्रभावकारी नहुँदा निर्माण क्षेत्र संकटमा परेको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १२ : २२ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक