सुनचाँदीको मूल्यमा सामान्य वृद्धि « Khabarhub

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७४५ कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र चाँदी पाँच हजार ६९५ मा  खरिदबिक्री भएको थियो  ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १२ : ३० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले