विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक « Khabarhub

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न चासो देखाएको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले नेपालको शिक्षा क्षेत्रमा थप लगानी र सहकार्य विस्तार गर्न विश्व बैंक इच्छुक रहेको बताएका हुन् ।

भेटवार्तामा शिक्षा क्षेत्र सुधार, शैक्षिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षामा पहुँच विस्तार र दीर्घकालीन सुधारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण तथा शिक्षामा डिजिटाइजेशन र प्रविधि विस्तारलाई सरकारले प्रमुख एजेन्डाका रूपमा अघि बढाएको बताए।

‘गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,’ मन्त्री पोखरेलले भने, ‘विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।’

भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार तथा शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  १२ : ४४ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना