गण्डकी– पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ । तरबुजा खेतीप्रति कृषकहरूलाई आकर्षित गर्न महानगरपालिकाले अनुदान लगायतका कार्यक्रम अघि बढाएसँगै यसतर्फको आकर्षण बढ्दै गएको हो ।
महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाले यसवर्ष कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरेको थियो । यसवर्ष महानगरपालिकामा तरबुजा खेतीको कारोबार पाँच करोड बराबरको हुने अनुमान गरिएकोमा असिना तथा लगातरको ।वर्षाले केही असर भने पुर्याएको उनले बताए।
‘स्थानीय उत्पादनको प्रवर्द्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागिएको छ’, उनले भने।
कृषि पर्यटन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न पोखरा तरबुजा मेला महानगरपालिकाले पोखरामा भइरहको तरबुजा खेतीको प्रवर्द्धनसँगै कृषकहरूलाई यसतर्फको आकर्षण बढाउन यही जेठ ५ गते पोखरा तरबुजा मेला २०८३ गर्ने भएको छ ।
पोखरा महानगरपालिकाको कृषि विकास शाखा र वडा न। १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा १३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो ।
मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कडरियाले जानकारी दिए । उनका अनुसार मेलाका अवसरमा तरुबजासम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा हुनेछ ।














प्रतिक्रिया