निजी क्षेत्रसँगको सहकार्यमा समृद्धि अभियान अघि बढाइने « Khabarhub

निजी क्षेत्रसँगको सहकार्यमा समृद्धि अभियान अघि बढाइने


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक गतिविधि सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहको उद्‌घाटन गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर समृद्धिको अभियान अघि बढाइने बताए। 

मुख्यमन्त्री कार्कीले राजनीतिक स्थायित्वसँगै मुलुकले आर्थिक रूपमा सकारात्मक दिशा लिने विश्वास व्यक्त गर्दै वर्तमान  सरकारले देशविकासप्रति जनतामा  विश्वास बढाएको बताए।

उनले प्रदेश सरकारले आगामी बजेटलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्न निर्देशन दिइएको बताउँदै विकासलाई सडक र पुलमा मात्र सीमित नराखी सूचना प्रविधि, पर्यटन तथा औद्योगिक क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योग–व्यवसायमैत्री वातावरण निर्माणमा महानगरले निरन्तर सहयोग गर्ने बताए।

महासङ्घका नवनिर्वाचित अध्यक्ष राजेन्द्रबहादुर राउतले जलविद्युत्, पर्यटन, उद्योग र कृषिको आधुनिकीकरण गरेर समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
 

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ३ : ३५ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ