श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ « Khabarhub

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको भ्रष्टाचार विरोधी प्रमुख निकायले शुक्रबार सन् २०१३ को एयरबस विमान खरिदसम्बन्धी भ्रष्टाचार अनुसन्धानका लागि पक्राउ गरेको छ । भ्रष्टाचार वा भ्रष्टाचारको आरोप छानबिन गने निकाय सियाबोकले भनेको छ, “कुनै समय शक्तिशाली राजपाक्ष परिवारका ४० वर्षीय उत्तराधिकारीलाई ‘एयरबस कारोबारबारे सोधपुछका लागि बोलाइएको’ थियो।“

सांसद नमललाई अनुसनधानका लागि न्यायाधीश (मजिस्ट्रेट) समक्ष उपस्थित गराइने आयोगका एक अधिकारीले बताए । राजपाक्षले कुन आरोपको सामना गरिरहेको भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । उनका वकिल निशान्त दयानन्दले विवादास्पद २.३ अर्ब डलरको सम्झौतामाथिको पक्राउ पुष्टि गर्दै यो मुद्दालाई २०१६ मा नयाँ सरकारले रद्द गरेको थियो ।

सियाबोकले मे महिनामा पूर्वराष्ट्रपति राजापाक्षलाई पनि विमान खरिद गर्दा घुस लिएको आरोपमा सोधपुछ गरेको थियो। युरोपेली निर्माताले खरिदबाट आएको पैसाको केही हिस्सा वरिष्ठ श्रीलङ्काली अधिकारी र राजनीतिज्ञहरूलाई दिएको दाबीमा भ्रष्टाचार अनुसन्धान केन्द्रित छ । राजपाक्ष परिवारले उनीहरूले घुस लिएको आरोप अस्वीकार गरेका छन् र आफूविरुद्धका भ्रष्टाचारका दाबीहरूलाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।

श्रीलङ्काको एयरलाइन्सका पूर्व कार्यकारी प्रमुख कपिला चन्द्रसेनाले मार्चमा अनुसन्धानकर्ताहरूसँगको वयानमा राजपाक्षलाई झन्डै पाँच लाख डलर घुस दिएको बताइएको थियो । मुद्दामाथि अनुसनधानका लागि पुनः पक्राउ हुने हल्ला चलिरहेका समय चन्द्रसेना मे महिनामा आफन्तको घरमा मृत भेटिएका थिए । मृत्युको कारण भने पुष्टि हुन सकेकोे छैन ।

घोटाला सार्वजनिक हुनुअघि अमेरिकी, बेलायती र फ्रान्सेली अधिकारीहरूको संयुक्त अनुसन्धानले यसपहिले एयरबसले श्रीलङ्कामा करिब एक करोड ६० लाख डलर घुस तिर्न सहमत भएको र त्यसमध्ये १७ लाख डलर चन्द्रसेनालाई दिइएको जानकारी मिलेको बताएका थिए । भुक्तानीहरू १० वटा एयरबस विमान खरिदसँग जोडिएका थिए, जसका लागि सन् २००५ देखि सन् २०१५ सम्म राजपाक्षको राष्ट्रपतित्वकालमा मन्त्रिपरिषद्को स्वीकृति आवश्यक थियो ।

अदालतमा पेश गरिएका दस्तावेज अनुसार चन्द्रसेनाले सुरुमा अनुसन्धानकर्ताहरूसँग भनेका थिए, “उहाँले सन् २०१३ मा तीन किस्तामा राजपाक्षलाई छ करोड रुपैयाँ (त्यस समयको हिसाबमा चार लाख ६१ हजार डलर) तिर्नुभएको थियो ।” यद्यपि पछि उनले त्यो बयान दबाबमा दिएको दाबी गर्दै फिर्ता लिएका थिए । ‘श्रीलङ्कन एयरलाइन्स’ झन्डै दुई अर्ब डलरको घाटामा रहेको समयमा ऋणग्रस्त राष्ट्रिय ध्वजावाहकलाई निजीकरण गर्ने बारम्बारका प्रयासहरू असफल भएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ७ : ३० बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६