मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो « Khabarhub

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा थप गिरावट आएको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनाका लागि ८ वटा बैंकले ब्याजदर कटौती गरेका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन् ।

तथ्यांक अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४२ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ०.०७ प्रतिशतले घटेर ४.३४ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि वैशाखको ३.२३ प्रतिशतबाट ०.०३ प्रतिशतले घटेर जेठमा ३.२० प्रतिशत कायम भएको छ ।

जेठ महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी, सिटिजन्स, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक रहेका छन् । जसमध्ये व्यक्तिगत नेपाल बैंक, एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया र कुमारी बैंकले क्रमशः ०.२५, ०.२०, ०.२५, ०.२५, ०.१०, ०.२५ र ०.०९ प्रतिशतले ब्याजदर घटाएका छन् ।

त्यस्तै, संस्थागत निक्षेपतर्फ कुमारी, सिटिजन्स, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया बैंकले ब्याजदर घटाएका छन् । जसमा कुमारी, सिटिजन्स, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया बैंकले क्रमशः ०.४९, ०.५०, ०.२७ र ०.२५ प्रतिशत ब्याजदर घटाएका छन् । बाँकी अन्य बैंकहरूको संस्थागत ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन ।

१२ वटा बैंकहरूले भने जेठ महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, एभरेष्ट, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, प्रभु, माछापुच्छ्रे सिद्धार्थ, नबिल, सानिमा र एनआईएमबि बैंकले वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ४ : ४० बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द