मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो « Khabarhub

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा थप गिरावट आएको छ । बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनाका लागि ८ वटा बैंकले ब्याजदर कटौती गरेका छन् भने १२ वटा बैंकले स्थिर राखेका छन् ।

तथ्यांक अनुसार वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४२ प्रतिशत रहेकोमा जेठ महिनाका लागि ०.०७ प्रतिशतले घटेर ४.३४ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि वैशाखको ३.२३ प्रतिशतबाट ०.०३ प्रतिशतले घटेर जेठमा ३.२० प्रतिशत कायम भएको छ ।

जेठ महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा नेपाल बैंक, कुमारी, सिटिजन्स, एनएमबि, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया बैंक रहेका छन् । जसमध्ये व्यक्तिगत नेपाल बैंक, एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया र कुमारी बैंकले क्रमशः ०.२५, ०.२०, ०.२५, ०.२५, ०.१०, ०.२५ र ०.०९ प्रतिशतले ब्याजदर घटाएका छन् ।

त्यस्तै, संस्थागत निक्षेपतर्फ कुमारी, सिटिजन्स, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया बैंकले ब्याजदर घटाएका छन् । जसमा कुमारी, सिटिजन्स, स्टान्र्डर्ड चाटर्ड, एनआईसी एसिया बैंकले क्रमशः ०.४९, ०.५०, ०.२७ र ०.२५ प्रतिशत ब्याजदर घटाएका छन् । बाँकी अन्य बैंकहरूको संस्थागत ब्याजदरमा भने कुनै परिवर्तन गरिएको छैन ।

१२ वटा बैंकहरूले भने जेठ महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् । कृषि विकास, एभरेष्ट, नेपाल एसबिआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, प्राइम, प्रभु, माछापुच्छ्रे सिद्धार्थ, नबिल, सानिमा र एनआईएमबि बैंकले वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ४ : ४० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले