विपक्षीद्वारा पुनः सदन अवरुद्ध « Khabarhub

विपक्षीद्वारा पुनः सदन अवरुद्ध


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने भएपछि प्रतिपक्षले पुनः संसद घेरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कम्युनिस्ट पार्टी सबै उठेर विरोध जनाइरहेका छन् । उनीहरूले सभामुख डोलप्रसाद अर्याल डिपीलाई प्रधानमन्त्री जसरी भएपनि जवाफ दिन संसद बैठकमा जवाफ दिन आउनुपर्ने माग राखेका छन् ।

प्रतिपक्षी दल कांग्रेसबाट बासना थापा एमालेबाट एनमोहर श्रम संस्कृतिबाट ओरेन राई र राप्रपाबाट ज्ञानेन्द्र शाही बोल्दैछन् । सबै प्रतिपक्षीले बालेनको उपस्थिति हुनुपर्ने माग राखिरहेका छन् ।

यसैबीच, राप्रपा नेपालका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको अनुहार हेर्न र भाषण गर्न संसदमा नबोलाएको बताएका छन् । उनले सांसदलाई बन्धक बनाएर देश चलाउने मानसिकता लोकतन्त्र विपरीत रहेकाले सदनमा स्वयं प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए ।

प्रधानमन्त्री उपस्थित नभए सदन चल्न नदिने प्रतिपक्षको माग छ । “प्रधानमन्त्रीको अनुहार हेर्न सदन बोलाएको होइन जवाफ माग्न बोलाएको हो । प्रधानमन्त्रीज्यू तत्काल संसदमा उपस्थित भई जवाफ दिनुपर्छ।” उनले भने, “यो गतिविधिको हामी घोर निन्द्रा गर्दछौँ । प्रधानमन्त्री सदनमा जसरी उपस्थित हुनुपर्छ । “

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : ०० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले