पुरानो रिसइबीका कारण नुवाकोटमा दाजुभाइको हत्या, ६ जना समातिए « Khabarhub

पुरानो रिसइबीका कारण नुवाकोटमा दाजुभाइको हत्या, ६ जना समातिए


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नुवाकोटमा दुईजना दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। म्यागङ गाउँपालिका–४ किम्ताङका ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलासहित ६ जनालाई नियन्त्रणमा लिइएको हो।

चार जनालाई बुधबार नै नियन्त्रणमा लिइएको थियो भने घटनाका मुख्य अभियुक्त मानिएका धने र माइलालाई बिहीबार बिहान धादिङको खनियाँबास गाउँपालिका–५ भीरवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका समराज र सूर्यमानको शव बुधबार बिहान किम्ताङ खोलामा ढुङ्गाले छोपेर लुकाइएको अवस्थामा फेला परेको थियो। दुवै शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण भरुवा बन्दुक प्रहार गरी दाजुभाइको हत्या गरिएको खुलेको प्रहरीको भनाइ छ।

घटनास्थलबाट प्रहरीले खुकुरी, तीनवटा भरुवा बन्दुक र एउटा मोटरसाइकल समेत बरामद गरेको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : ०३ बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन