गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो « Khabarhub

गुल्मीका विपिनको कीर्तिपुरमा हत्या प्रकरण, एकजना युवकलाई प्रहरीले घुँडामा गोली हानेर समात्यो


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा गत वैशाख २३ गते चक्कु प्रहारी गुल्मीका विपिन घिमिरेको हत्यामा संलग्नमध्ये एकजनालाई प्रहरीले गोली हानेर समातेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार साँझ तीय युवकलाई गोली हानेर समातेको हो । सुजन शाही नामका ती युवक विपिन हत्याका योजनाकार रहेको बताइएको छ।

कीर्तिपुरमा बस्दै आएका युवक घिमिरेको हत्यामा संलग्न भनिएका शाही भागेर हिँडेका थिए। बीए पढ्दै गरेका विपिनमाथि चक्कु हान्ने दुईजनामध्ये एकजना दुई दिनअघि मात्रै झै-झगडा कसुरमा पक्राउ परेर छुटेको खुलेको थियो ।

विपिनको हत्यामा संलग्नमध्ये कैलालीका राज विष्ट दुई दिनअघि मात्रै प्रहरीको हिरासतबाट छुटेको खुलेको थियो ।

प्रहरीले पनि प्रारम्भिक अनुसन्धानबाट उनै राज विष्टले विपिनमाथि चक्कु हानेको पत्ता लगाएको थियो। काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर-१०, बोडेटोलमा बसेर पढ्दै आएका घिमिरेको चक्कु हानेर ज्यान लिइएको थियो।

उक्त घटनाबारे अनुसन्धानका लागि प्रहरीले कीर्तिपुरबाट अन्य तीनजना युवकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ८ : २१ बजे

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा