लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन « Khabarhub

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले लगानीकर्तामा आत्मविश्वासको कमीका कारण अपेक्षाकृत रुपमा कर्जा प्रवाह नभएको बताएका छन् ।

आज आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता हुनुका कारण व्यवसायीहरूमा आत्मविश्वासको कमी भएकाले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षाकृत रुपमा नभएको उल्लेख गरे ।

उनले उद्योगी अहिले लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गर्दै यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको बताए । पछिल्लो समय बैंकको खराब कर्जा बढिरहेको सन्दर्भमा केही गल्ती बैंकको पनि भएको उनको भनाइ थियो ।

‘बैंकिङ क्षेत्रमा पनि केही अस्वस्थ प्रतिस्पर्धा छ, धैरे शाखा खोल्ने, जसरी पनि कर्जा बढाउन जस्तो पनि धितो राख्नेलगायतका समस्या छन्, हामीले यसमा सुधार गर्नु जरुरी छ’, अध्यक्ष श्रेष्ठले भने ।

सिबिफिनका अनुसार हाल खराब कर्जा पाँच दशमलव ३४ प्रतिशत पुगेको छ । जुन पछिल्लो १० वर्षयताकै सबैभन्दा बढी हो । बैंकको खराब कर्जा सन् २०२५ मा चार दशमलव ६२ प्रतिशत थियो भने सन् २०१७ मा दुई दशमलव ६३ प्रतिशत थियो ।

सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले समग्र अर्थतन्त्रमा समस्या आउँदा बैंकिङ क्षेत्र प्रभावित भएको बताए। यद्यपि पछिल्लो समयको राजनीतिक परिवर्तनले भने सबैमा आशा जगाएको उनको भनाइ थियो ।

‘राजनीतिक परिवर्तनले आमरुपमा ठूलो आशा जगाएको छ, सरकार अहिले सुशासन कायम गर्न लागेको छ, त्यसपछिको काम भनेको आर्थिक विकास नै हो’, उनले भने ।

सरकारले सात वर्षमा १०० अर्ब डलरको अर्थतन्त्रका लागि पनि लगानी बढाउनुको विकल्प नभएकाले लगानीमैत्री वातावरण भने निर्माण हुनुपर्नेमा जोड दिए । उनले बैंकिङ क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धालाई स्वीकार गर्दै त्यसमा सुधार जरुरी भएको बताए ।

सिबिफिनका महासचिव मनोजकुमार गोयलले निर्माण क्षेत्र सुस्त हुँदा कर्जा प्रवाह कम भएको तर खराब कर्जा बढ्दा पनि बैंकिङ क्षेत्र कमजोर भने नभएको उल्लेख गरे । ‘बैंकमा ब्याजदर घट्दो छ, तर निक्षेपको ब्याजदर कमजोर हुँदा पुँजी पलायनको जोखिम पनि बढेको’, उनले भने, ‘बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘रिफ्लेक्सन’ पनि हो, अर्थतन्त्र राम्रो भएन भने बैंकिङ क्षेत्रमा पनि काम्रो हुँदैन ।’

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : ४० बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना