आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य « Khabarhub

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई २०१ रनको लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर पहिले ब्याटिङ गरेको पंजाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनायो ।

पंजाबका लागि प्रभसिमरन सिंहले शानदार अर्धशतक प्रहार गर्दै ५७ रन बनाए । अजमतुल्लाह ओमरजईले पनि आक्रामक ब्याटिङ गर्दै ३८ रन जोडे । यस्तै कूपर कोनोलीले २१ तथा प्रियांश आर्याले २२ रनको योगदान दिए ।

अन्य ब्याटरहरूमा श्रेयस अय्यर ४, सूर्यांश शेडगे ८, शशांक सिंह २ तथा मार्को यानसन २ रनमा आउट भए । अन्तिमतिर विष्णु विनोद क्रिजमा टिकेर टोलीलाई २०० रनको सम्मानजनक योगफलसम्म पुर्‍याएका हुन्।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ९ : ४० बजे

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी