अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता « Khabarhub

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ। अमेरिकासँग एक दुई दिनमै सम्झौता हुने खबर आएसँगै इरानी जनता सडकमा उत्रिएका हुन् ।

इरानको मशहदस्थित विदेश मन्त्रालय कार्यालय बाहिर सयौँ प्रदर्शनकारीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौताको विरोध गरेका छन्।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रदर्शनकारीहरूले विदेशमन्त्री अब्बास अरघाचीविरुद्ध नाराबाजी गर्दै सम्झौतामा आवश्यकताभन्दा बढी लचिलो भएको आरोप लगाएका छन्।

प्रदर्शनकारीहरूले उक्त सम्झौताबाट इरानका रणनीतिक हितमा असर पार्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले स्ट्रेट अफ होर्मुजमाथिको प्रभाव कमजोर बनाउन सक्ने चिन्ता पनि जाहेर गरेका छन्।

सामाजिक सञ्जालमा राजधानी तेहरानमा पनि यस्तै विरोध प्रदर्शन भएका भिडियोहरू सार्वजनिक भएका छन्। केही प्रदर्शनकारीले विदेशमन्त्री अराघची र संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफको राजीनामा समेत माग गरेका छन्।

तर अमेरिका–इरान सम्भावित सम्झौताबारे अझै अन्योल कायम छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशबीचको सम्झौतामा अनलाइन हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्।

तर उक्त सम्झौतासम्बन्धी कुनै औपचारिक कार्यक्रम सार्वजनिक कार्यसूचीमा समावेश गरिएको छैन।

यता इजरायलमा सम्भावित अमेरिका–इरान सम्झौताप्रति चिन्ता व्यक्त गरिएको छ। इजरायली अधिकारीहरूले वार्ताको नतिजामा आफ्नो प्रभाव नदेखिएको भन्दै असन्तुष्टि जनाएका छन्।

केही विश्लेषकहरूले सम्भावित सम्झौताले इरानको क्षेत्रीय प्रभाव थप बढाउन सक्ने बताएका छन्।

उता इजरायलका राष्ट्रपति इसाक हेर्जोगले ट्रम्पलाई ८०औँ जन्मदिनको शुभकामना दिँदै इजरायलप्रतिको समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन्।

उनले इरानसम्बन्धी ट्रम्पको नेतृत्व र इजरायलको सुरक्षाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै मध्यपूर्वमा शान्ति र स्थायित्वका लागि थप सहयोगको अपेक्षा व्यक्त गरेका छन्।

अल जजीराका अनुसार इजरायली दैनिक मारिभका स्तम्भकार बेन कास्पिटले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलेले केही सैन्य लडाइँ जिते पनि इरानविरुद्धको ठूलो राजनीतिक लडाइँ भने हारेको टिप्पणी गरेका छन्।

त्यही पत्रिकाका अर्का स्तम्भकार अभी अश्केनाजीले इजरायलले सम्भावित सम्झौताका सर्तहरूमा प्रभाव पार्न नसकेको बताएका छन्। उनका अनुसार यसले इजरायली राजनीतिक नेतृत्वको कमजोरी र कूटनीतिक असफलता उजागर गरेको छ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  १ : ४० बजे

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीहरू साथ दिन तयार भएनन्

वाशिङ्टन- इरानसँग गरेको प्रारम्भिक शान्ति समझौतालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता

गुरुकुलमा यौन अपराध : ‘अपवित्र’भएँ भन्दै नाबालिग रोएपछि बाहिरियो घटना

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) मा हुने

सरकारी कार्यालय परिसरबाट कर्मचारी संघ-संगठनका कार्यालय हटाउन सात दिने अल्टिमेटम

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी तथा सार्वजनिक निकायभित्र सञ्चालनमा