विश्व आदिवासी युवा सम्मेलन सम्पन्न « Khabarhub

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन–२०२६ सम्पन्न भएको छ । 

यही जेठ ३० र ३१ गते सञ्चालन भएको सम्मेलनमा आदिवासी जनजाति तथा युवासँग सम्बन्धित विषयमा छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको महासङ्घ नेपाल नेपालका अध्यक्ष किरण श्रेष्ठले बताए  । 

उनका अनुसार सम्मेलनमा आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र, संयुक्त राष्ट्रसंघीय निकायका कार्यक्रम, विश्वव्यापी मञ्चमा आदिवासी युवाको सहभागिता तथा नेपालका आदिवासी जनजातिका सरोकारका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

सम्मेलन जलवायु न्याय, खाद्य सुरक्षा, जैविक विविधता संरक्षण तथा वातावरणीय संरक्षणमा युवाको भूमिका सशक्त बनाउने र विश्व आदिवासी युवा घोषणापत्र तथा कार्ययोजना तयार गर्ने विषयमा केन्द्रित थियो । 

सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट सहभागी आदिवासी जनजातिसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिहरूले आदिवासी जनजातिको अधिकार, क्षेत्रीय तथा विकासात्मक चुनौती, आत्मनिर्णयको अधिकार र आदिवासी आन्दोलनमा युवाको भूमिकाबारे विचार राखेका थिए ।
 

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : १० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००