हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम « Khabarhub

हप्तामा ५ देखि ७ वटा अण्डा खाँदा अल्जाइमरको जोखिम २७ प्रतिशतले कम


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अण्डाको सेवन दिमागका लागि फाइदाजनक हुन्छ कि हानिकारक ? यस विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । 

र हालै सार्वजनिक भएको एक ठूलो र दीर्घकालीन अनुसन्धानले अण्डा सेवन र मस्तिष्कको स्वास्थ्यबीच सकारात्मक सम्बन्ध रहेको रोचक तथ्य बाहिर ल्याएको छ ।

एडभेन्टिस्ट हेल्थ स्टडी–२  नामक प्रतिष्ठित अनुसन्धानका अनुसार हप्तामा ५ देखि ७ वटा सम्म अण्डा खाने वृद्धवृद्धाहरूमा अल्जाइमर (बिर्सिने रोग)को जोखिम उल्लेखनीय रूपमा कम पाइएको छ।

यो अनुसन्धान निकै विस्तृत र दीर्घकालीन रूपमा गरिएको थियो । अनुसन्धानकर्ताहरूले झन्डै ४० हजार व्यक्तिहरूलाई १५ वर्षसम्म निरन्तर पछ्याएर उनीहरूको खानपान र स्वास्थ्य अवस्थाको विश्लेषण गरेका थिए ।

विशेष गरी ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूमा केन्द्रित यो अध्ययनले देखाएअनुसार, नियमित रूपमा हप्ताको ५–७ वटा अण्डाको सेवन गर्नेहरूमा अल्जाइमर रोग लाग्ने सम्भावना २७ प्रतिशतसम्म कम देखियो । उमेर बढ्दै जाँदा देखिने मानसिक ह्रास र बिर्सिने समस्या न्यूनीकरणमा अण्डामा पाइने पोषक तत्त्वहरू सहयोगी हुन सक्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययनले सकारात्मक नतिजा देखाए पनि विज्ञहरूले सबैका लागि एउटै नियम लागू नहुने सचेत गराएका छन् । चिकित्सकहरूका अनुसार मधुमेह, उच्च रक्तचाप, वा मुटुको समस्या (उच्च कोलेस्टेरोल) भएका व्यक्तिहरूका लागि अण्डाको पहेँलो भागको बढी सेवन उपयुक्त नहुन सक्छ ।

यो अनुसन्धान विशेष उमेर समूह (६५ वर्षमाथि) मा आधारित भएकाले, सबै उमेर र स्वास्थ्य अवस्थाका व्यक्तिहरूले आफ्नो स्वास्थ्य स्थिति हेरेर र चिकित्सकको सल्लाह लिएर मात्र अण्डाको मात्रा तय गर्नु उचित हुन्छ ।  

सन्तुलित मात्रामा अण्डाको सेवनले दिमागलाई फाइदा पुर्‍याउने भए पनि आफ्नो शरीरको आवश्यकता र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हुने चिकित्सकहरूको भनाई छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ४ : ५६ बजे

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड