बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि « Khabarhub

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि


३१ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेपको ६५ प्रतिशतभन्दा बढी हिस्सा बागमती प्रदेशमा मात्रै केन्द्रित रहेको देखाएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार, देशभरको कुल ७७ खर्ब ११ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ (एकाई १० लाखमा गणना गर्दा) निक्षेपमध्ये बागमती प्रदेशमा मात्र ५० खर्ब ५२ अर्ब १४ करोड १७ लाख रुपैयाँ संकलन भएको छ । यो कुल निक्षेपको ६५.५२ प्रतिशत हिस्सा हो ।

त्यस्तै, निक्षेप संकलनमा मात्र नभई कर्जा लगानीमा पनि बागमती प्रदेश नै अगाडि देखिएको छ । कुल ५७ खर्ब ७० अर्ब ७५ करोड २४ लाख रुपैयाँ कर्जामध्ये ३४ खर्ब ८१ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ बागमती प्रदेशमा प्रवाह भएको छ, जुन कुल कर्जाको ६०.३३ प्रतिशत हो ।

बागमतीपछि निक्षेप संकलनमा लुम्बिनी प्रदेश ९.२५ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रहेको छ भने गण्डकी प्रदेश ८.५८ प्रतिशतसहित तेस्रो स्थानमा छ । कोशी प्रदेशको निक्षेप हिस्सा ७.५४ प्रतिशत रहँदा मधेश प्रदेशको ५.५४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.३५ प्रतिशत रहेको छ ।

कर्जा प्रवाहको दृष्टिकोणले कोशी प्रदेश १०.६० प्रतिशत हिस्सासहित दोस्रो स्थानमा देखिएको छ । लुम्बिनी प्रदेशमा १०.२२ प्रतिशत कर्जा प्रवाह हुँदा मधेश प्रदेशमा ८.६७ प्रतिशत, गण्डकी प्रदेशमा ६.२९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा २.७९ प्रतिशत कर्जा परिचालन भएको तथ्यांकले देखाउँछ ।

कर्णाली प्रदेश सबैभन्दा कमजोर

बैंकिङ पहुँच र कारोबारका हिसाबले कर्णाली प्रदेश सबैभन्दा पछाडि देखिएको छ । कर्णाली प्रदेशको कुल निक्षेपमा हिस्सा मात्र १.२२ प्रतिशत (९३ अर्ब ७३ करोड १५ लाख रुपैयाँ) रहेको छ भने कर्जामा यसको हिस्सा झनै कम १.११ प्रतिशत (६४ अर्ब १५ करोड ५ लाख रुपैयाँ) मात्र सीमित छ ।

तथ्यांकले नेपालको बैंकिङ कारोबार अझै पनि मुख्यतया राजधानी र शहरी क्षेत्र केन्द्रित बागमती प्रदेशमा नै थुप्रिएको र दुर्गम प्रदेशहरूमा वित्तीय गतिविधि न्यून रहेको देखिन्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ५ : ५४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने