सुनितालाई घरमै नागरिकता « Khabarhub

सुनितालाई घरमै नागरिकता


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला गाउँपालिका–४ फड्केढुङ्गाकी २४ वर्षीया सुनिता विकले घरमै नागरिकता पाएकी छिन् । 

चौविसै घण्टा बिस्तारामै पल्टिरहने भएका कारण परिवारले सदरमुकाम कुश्मामा रहेको जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन नसक्ने भएपछि आज घरमै लगेर नागरिकता वितरण गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलसहित कार्यालयका कर्मचारी, स्थानीय वडाध्यक्ष भरत जिसी लगायतको सहभागितामा नागरिकता हस्तान्तरण गरिएको हो । 

कार्यालयसम्म आएर सेवा लिन नसक्नेहरूलाई नागरिकता जस्तो महत्त्वपूर्ण कागजातबाट वञ्चित हुन नपरोस् भनेर घरमै ल्याएर वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । 

उनका अनुसार अपाङ्गताको प्रकृति हेर्दा अत्यन्तै दयनीय रहेकाले सदरमुकाममा बोलाने कुनै उपायसमेत नभएको बताए । 

नागरिकता पाएसँगै राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य सहयोग प्राप्त गर्न सहज हुने प्रजिअ पौडेलको भनाइ छ । पीडित सुनिताका बाबु काला सुनारले पोलियो रोगका कारण छोरीको यस्तो अवस्था भएको बताए । 

जुनसुकै अस्पतालमा लैजाँदा पनि निको हुन नसकेको बताउँदै उहाँले पूर्ण रुपमा अपाङ्गता हुँदा परिवार नै समस्यामा परेको बताए । 

खाना खुवाउने, सरसफाइ गरिदिन एक जना पूर्ण रुपमा खटिनुपर्दा परिवारको अन्य गुजारा चलाउन समस्या भएको सुनारले बताए । 

सुनिताका दुई दाजुको स्वास्थ्य अवस्था राम्रै छ । तेस्रो सन्तानको रुपमा जन्मिएकी उनी सुरुका आठ महिनासम्म ठीकठाकै भए पनि त्यसपछि स्वास्थ्य बिग्रिँदै गएको र अपाङ्गताले थलिँदै गएको सुनारले बताए । नागरिकता बनेसँगै अब नियमित वडा कार्यालबाट भत्ता दिइने जलजला–६ का वडाध्यक्ष भरत जिसीले जानकारी दिए ।  

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ६ : ११ बजे

वडाध्यक्ष र सांसद आशिका तामाङबीच भनाभन, यसरी भयो तनाव

काठमाडौँ – धादिङकी प्रतिनिधिसभा सदस्य आशिका तामाङले तीन दिनसम्म किन

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको नाममा ठगी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै