अर्थसंक्षेप : वाणिज्य बैंकमा मुद्दतीको ब्याज थप घट्यो, नवीकरणीय ऊर्जा र दक्षतालाई दुई अर्ब ६२ करोड ७४ लाख बजेट, बैंकिङ कारोबारमा बागमतीको एकल वर्चस्व र कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि « Khabarhub

अर्थसंक्षेप : वाणिज्य बैंकमा मुद्दतीको ब्याज थप घट्यो, नवीकरणीय ऊर्जा र दक्षतालाई दुई अर्ब ६२ करोड ७४ लाख बजेट, बैंकिङ कारोबारमा बागमतीको एकल वर्चस्व र कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेपको ६५ प्रतिशतभन्दा बढी हिस्सा बागमती प्रदेशमा मात्रै केन्द्रित रहेको देखाएको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार, देशभरको कुल ७७ खर्ब ११ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ (एकाई १० लाखमा गणना गर्दा) निक्षेपमध्ये बागमती प्रदेशमा मात्र ५० खर्ब ५२ अर्ब १४ करोड १७ लाख रुपैयाँ संकलन भएको छ । यो कुल निक्षेपको ६५.५२ प्रतिशत हिस्सा हो ।

त्यस्तै, निक्षेप संकलनमा मात्र नभई कर्जा लगानीमा पनि बागमती प्रदेश नै अगाडि देखिएको छ । कुल ५७ खर्ब ७० अर्ब ७५ करोड २४ लाख रुपैयाँ कर्जामध्ये ३४ खर्ब ८१ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ बागमती प्रदेशमा प्रवाह भएको छ, जुन कुल कर्जाको ६०.३३ प्रतिशत हो ।

बागमतीपछि निक्षेप संकलनमा लुम्बिनी प्रदेश ९.२५ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रहेको छ भने गण्डकी प्रदेश ८.५८ प्रतिशतसहित तेस्रो स्थानमा छ । कोशी प्रदेशको निक्षेप हिस्सा ७.५४ प्रतिशत रहँदा मधेश प्रदेशको ५.५४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको २.३५ प्रतिशत रहेको छ ।

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त भट्टराई नियुक्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने उनले बताएका हुन् ।

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ६ : ३७ बजे

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता