टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा « Khabarhub

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीले ती कर्मचारीलाई नियन्त्रणमा लिएको हो । उनीहरूमध्ये वन रक्षकदेखि माथिल्लो तहका कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । उनका अनुसार घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको छ ।

शुक्रबार वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिरिएको हो । भिडियो भाइरल बनेसँगै सरकारी कर्मचारीको कार्यशैलीप्रति व्यापक आलोचना भएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा वन कर्मचारी र वन रक्षकले टेम्पो भिरतर्फ धकेलेको दृश्य देखिएको बताइएको छ । घटनापछि स्थानीयस्तरमा पनि असन्तोष देखिएको छ । प्रहरीले घटनाको सबै पक्षमा अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ११ : ०७ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो