एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन « Khabarhub

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मण्डलको निधनसँगै एक साताभित्र आत्मदाहबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृतक मण्डलका श्रीमती र दुई छोराछोरी छन् ।

यसअघि काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउत र त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको मृत्यु भइसकेको छ ।

असार २७ गते आफ्नो शरीरमा आगो लगाएका राउतको वीर अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको हो । यस्तै, आत्मदाहको प्रयासबाटै गम्भीर घाइते भएका नेपालीको असार २६ गते मृत्यु भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ८ : ५५ बजे

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको