सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई « Khabarhub

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधन राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारबाहीको माग गरेका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा उनीहरूले सवारी साधन राखेर त्रास सिर्जना गर्न खोज्नेहरूलाई सामान्य ट्राफिक जरिवाना मात्रै गरिएकोप्रति आपत्ति समेत जनाएका छन् ।

बैठकमा कांग्रेस सचेतक निष्कल राईले सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको आरोप लगाए । 

उनले होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणमा राज्यको संलग्नता रहेको उल्लेख गरे । उनले सरकारले हरेक प्रकरणलाई राजनीतिकरण गर्न खोजेको बताए । 

त्यस्तै नेकपाका सांसद रमेश मल्लले सञ्चारमाध्यम अगाडी सवारी साधन राखेर त्रास फैलाउनेलाई कडा कारबाही गर्न माग गरे । 

उनले राज्य संरक्षित केही व्यक्तिबाट उक्त गतिविधि भएको आरोप लगाउँदै सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने स्पष्ट पारे । ।

विपक्षी दलका सांसदहरूले सवारी साधन पार्किङ घटनामा राज्यको संलग्नता भएको आरोप लगाएपछि रास्वपाका केहि सांसदहरूले नियमापत्ति गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : २० बजे

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई