सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई « Khabarhub

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा सवारी साधन राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कारबाहीको माग गरेका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा उनीहरूले सवारी साधन राखेर त्रास सिर्जना गर्न खोज्नेहरूलाई सामान्य ट्राफिक जरिवाना मात्रै गरिएकोप्रति आपत्ति समेत जनाएका छन् ।

बैठकमा कांग्रेस सचेतक निष्कल राईले सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको आरोप लगाए । 

उनले होल्डिङ सेन्टर, गणेश नेपालीको घटना र गाडी तेर्स्याउने प्रकरणमा राज्यको संलग्नता रहेको उल्लेख गरे । उनले सरकारले हरेक प्रकरणलाई राजनीतिकरण गर्न खोजेको बताए । 

त्यस्तै नेकपाका सांसद रमेश मल्लले सञ्चारमाध्यम अगाडी सवारी साधन राखेर त्रास फैलाउनेलाई कडा कारबाही गर्न माग गरे । 

उनले राज्य संरक्षित केही व्यक्तिबाट उक्त गतिविधि भएको आरोप लगाउँदै सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने स्पष्ट पारे । ।

विपक्षी दलका सांसदहरूले सवारी साधन पार्किङ घटनामा राज्यको संलग्नता भएको आरोप लगाएपछि रास्वपाका केहि सांसदहरूले नियमापत्ति गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : २० बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले