खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि « Khabarhub

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी संयुक्त अमेरिका–इजरायल सैन्य कारबाहीपछि ‘९० प्रतिशत निष्क्रिय’ भएको दाबी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताएका छन् ।

उनको यो अभिव्यक्ति अमेरिकाले हर्मुज जलघाँटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने व्यापारिक जहाजबाट शुल्क उठाउने घोषणा गरेसँगै आएको हो।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्‍याएको दाबी गरे। उनका अनुसार इरानको नौसैनिक तथा वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली र सैन्य नेतृत्वको ठूलो हिस्सा ध्वस्त भएको छ।

ट्रम्पले इरानका प्रमुख रणनीतिक सैन्य कमान्डरहरू कारबाहीका क्रममा मारिएको दाबी गर्दै सर्वोच्च नेता अयातुल्ला अली खमेनीको पनि फेब्रुअरीको अन्त्यतिर भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा मृत्यु भएको दाबी पुनः दोहोर्‍याए। साथै, मोजताबा खमेनी उक्त सैन्य अभियानबाट गम्भीर रूपमा प्रभावित भएको र ‘९० प्रतिशत समाप्त’ भएको अवस्थामा रहेको टिप्पणी गरे।

उनले मोजताबा खमेनी अघिल्लो हवाई आक्रमणमा लागेको गम्भीर चोटको उपचार गराइरहेको र यस महिनाको सुरुमा इरान तथा इराकमा आयोजित सार्वजनिक अन्त्येष्‍टि कार्यक्रममा अनुपस्थित रहेको पनि उल्लेख गरे।

यी अभिव्यक्ति अमेरिका र इरानबीच सप्ताहन्तमा पुनः मिसाइल आक्रमणको आदानप्रदान भएपछि आएका हुन्। पछिल्ला सैन्य गतिविधिले क्षेत्रीय तनाव थप चर्किएको छ।

यसैबीच ट्रम्पले अमेरिकाले ‘इरानी नाकाबन्दी’ पुनः लागू गर्ने तथा हर्मुज जलघाँटीको सुरक्षा सुनिश्चित गर्न व्यापारिक जहाजबाट शुल्क असुल्ने नीति अघि बढाएको जानकारी दिए। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिका अब ‘हर्मुज जलघाँटीको संरक्षक’को भूमिकामा रहने उल्लेख गर्दै इरानी जहाज तथा इरानसँग सम्बन्धित कार्गोको आवतजावत रोक्ने, तर अन्य मुलुकका जहाजलाई जलमार्गको स्वतन्त्र प्रयोग गर्न दिने बताए।

ट्रम्पले हर्मुज जलघाँटी प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्गोबाट सामानको मूल्यको २० प्रतिशत बराबर प्रतिपूर्ति शुल्क उठाउने प्रस्ताव पनि गरे। उनका अनुसार रणनीतिक समुद्री मार्गको सुरक्षा खर्च अन्तर्राष्ट्रिय व्यापारिक साझेदारहरूले पनि वहन गर्नुपर्छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै हर्मुज जलघाँटीको सुरक्षा गर्ने ऐतिहासिक र कानुनी जिम्मेवारी इरानकै रहेको प्रतिक्रिया दिए। उनले सामाजिक सञ्जालमार्फत २० प्रतिशत शुल्क अत्यधिक भएको टिप्पणी गर्दै इरानले जलमार्गको सुरक्षामा निष्पक्ष रूपमा काम गर्ने बताए।

हर्मुज जलघाँटीको नियन्त्रण, सुरक्षा र समुद्री आवागमनलाई लिएर अमेरिका र इरानबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्गका रूपमा रहेको हर्मुज जलघाँटीलाई लिएर दुवै पक्षले आफ्ना दाबी थप आक्रामक रूपमा प्रस्तुत गरिरहेका छन्।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : २८ बजे

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ

एसियाली खेलकुद : आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा

काठमाडौँ– जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई