बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण « Khabarhub

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका लागि गम्भीर भएर काम गरिरहेको जनाएको छ ।  

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमित हित संरक्षणका लागि प्राधिकरणमा प्राप्त उजुरी, गुनासो र समस्या समाधान गर्न छुटै युनिट नै खडा गरिएको भन्दै बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका लागि गम्भीर भएर काम गरिरहेको बताएकी हुन् ।

उनले २०७६ देखि हालसम्म धेरै मुद्दाहरू बाँकी रहेकाले पहिले दर्ता भएका क्रम अनुसार क्रमशः टुङ्ग्याउने योजना बनाएको जानकारी दिइन् ।

विगतमा बीमा समिति हुँदाको दरबन्दी र संरचनालाई नै प्राधिकरणमा रूपान्तरण गरिएकाले कर्मचारीको कमी रहेको उनले बताइन् । उनले बजारको आकार बढ्दै जाँदा चुनौती, समस्या र प्रतिस्पर्धा पनि बढेको भन्दै प्रतिस्पर्धामा हुने अस्वस्थ कार्यहरू प्राधिकरणका लागि नयाँ चुनौतीको रुपमा आएको उल्लेख गरिन् । 

बैठकमा समिति सदस्यहरूले बीमित हित संरक्षणमा प्रभावकारी काम गर्न प्राधिकरणलाई सुझाव दिएका थिए ।

समितिले प्राधिकरणको नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका साथै विस्तृत कार्यसम्पादन १० दिनभित्र बुझाउन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ४० बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी