एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर « Khabarhub

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा (शशी शर्मा पौडेल)लाई पक्राउ गरेको छ।

सीआईबीले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउन उनलाई बैंकिङ कसुर सजाय ऐन, २०६४ अन्तर्गत कर्जा रकम दुरुपयोग गरिएको जनाएको छ ।

प्रतिवेदनअनुसार एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण र जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।

तर कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामा गराई उक्त कर्जा कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको आरोप छ।

यसरी कर्जा रकम दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐनको दफा ८ विपरीतको कसुर गरेको सीआईबीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको पत्रका आधारमा अनुसन्धान थालेको सीआईबीले उच्च अदालत पाटनको अनुमति लिएर मंगलबार काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट ५८ वर्षीय शर्मालाई पक्राउ गरेको हो। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्।

यसैबीच, सीआईबीका एक अधिकारीले शशी शर्मा पौडेलको पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग शंकास्पद आर्थिक कारोबार देखिएको जनाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि पनि अनुसन्धान जारी राखेको छ। उनलाई पाँच पटकभन्दा धेरै समय म्याद लिएर हिरासतमा राखिएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ५७ बजे

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु