एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर « Khabarhub

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा (शशी शर्मा पौडेल)लाई पक्राउ गरेको छ।

सीआईबीले नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउन उनलाई बैंकिङ कसुर सजाय ऐन, २०६४ अन्तर्गत कर्जा रकम दुरुपयोग गरिएको जनाएको छ ।

प्रतिवेदनअनुसार एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण र जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।

तर कम्पनीले बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामा गराई उक्त कर्जा कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्ति तथा आफ्नै समूहका अन्य ऋणी कम्पनीहरूको बक्यौता तिर्न प्रयोग गरेको आरोप छ।

यसरी कर्जा रकम दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐनको दफा ८ विपरीतको कसुर गरेको सीआईबीले जनाएको छ।

नेपाल राष्ट्र बैंकको पत्रका आधारमा अनुसन्धान थालेको सीआईबीले उच्च अदालत पाटनको अनुमति लिएर मंगलबार काठमाडौं महानगरपालिका–९ पिंगलास्थानबाट ५८ वर्षीय शर्मालाई पक्राउ गरेको हो। उनी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ निवासी हुन्।

यसैबीच, सीआईबीका एक अधिकारीले शशी शर्मा पौडेलको पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग शंकास्पद आर्थिक कारोबार देखिएको जनाएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि शर्मालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

विभागले पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि पनि अनुसन्धान जारी राखेको छ। उनलाई पाँच पटकभन्दा धेरै समय म्याद लिएर हिरासतमा राखिएको छ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ७ : ५७ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ